Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा शान्ति समाजको ‘रगत दान गरौं जगत बचाऔं’अभियान

रूपन्देहीमा शान्ति समाजको ‘रगत दान गरौं जगत बचाऔं’अभियान

  • 4.7K
    SHARES

  • रूपन्देहीमा शान्ति समाजको ‘रगत दान गरौं जगत बचाऔं’अभियान

    बुटवल,असार १-

    विश्व रक्तदाता दिवसका अवसरमा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।  

    कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले राज्यका सबै शक्ति लगाएर भएपनि सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्ने बताए। उनले राज्यले वितरण गरेको खोपमा नातावाद र कृपावाद हावी भएको आरोप लगाउदै सरकारले लक्षित वर्गसम्म पुराउन नसकेको बताए।

    खनालले रगतलाई राज्यले निःशुल्क रुपमा वितरण गर्ने घोषणा गरेपनि निजि र सरकारी अस्पतालहरुमा विभेद भएको बताउदै तुरुन्त सबैलाई समान गर्न समेत आग्रह गरेका छन्। ‘रक्तदान रगत दान गरौं जगत बचाऔं’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, शाखा सहसचिव कृष्णप्रसाद पाण्डे, समाजका शुभचिन्तक मनोज ध्वजूसहित २ दर्जन बढीले रक्तदान गरेका थिए। 
    सो अवसरमा सभापति खनालसहित नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, जिल्ला सभापति डिपी खनाल, सहसचिव कृष्ण पाण्डेलगायतले रक्तदानको आवश्यक्ता र महत्वबारे प्रकाश पारेका थिए।

    मानव अधिकार तथा शान्ति समाजका अनुसार ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक स्वास्थ्य सुरक्षा सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो।  

    यसैगरि शान्ति समाजको कपिलवस्तु शाखा र रेडक्रस वाणगंगा उपशाखाको संयुक्त आयोजनामा वाणगंगामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेका छन्। साथै काठमाण्डौ जोरपाटीको दक्षिण ढोकास्थित शान्ति बाटिकामा शान्ति समाज काठमाण्डौ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रीकृष्णराज पुडासैनी, रुपा भट्टराई, सुर्यमान तामाङ, सविता खनालसहित २७ जनाले रक्तदान गरेका छन्। 

    यसैगरी शान्ति समाज नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शान्ति समाजका शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology