Logo बिहिवार, आश्विन १ गते २०८३
images

सांसद नरोत्तम वैद्यलाइ आत्मालोचना गर्न कांग्रेसको निर्देशन

सांसद नरोत्तम वैद्यलाइ आत्मालोचना गर्न कांग्रेसको निर्देशन

  • 2.1K
    SHARES

  • सांसद नरोत्तम वैद्यलाइ आत्मालोचना गर्न कांग्रेसको निर्देशन

    बुटवल,जेठ २९-

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा एक कांग्रेस सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

    शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए।

    गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए। वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहने प्रवक्ता शर्माले बताएका छन्। तर्कले आपत्तिजनक शब्द छोप्ने पार्टीको परम्परा नरहेको उनको भनाइ छ।

    शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजनाु भनेर उन्मुक्ति हुन्न।’ शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन

    उनी अगाडि लेख्छन्, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।

    कांग्रेसभित्र हिंसालाई स्थान हुन्न : गगन थापा

    नेपाली कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।

    शुक्रबारको प्रदेश सभा बैठकमा वैद्यले दिएको अभिवयक्तिप्रति उनले कांग्रेसभित्र हिंसालाई स्थान नहुने स्पष्ट पारे।

    ‘नरोत्तम वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।मलाई विश्वास छ,दलको नेताको निर्देशनअनुसार आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुहुनेछ।अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन,आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन,’ थापाले  ट्विटरमार्फत भनेका छन्।

    कांग्रेस प्रदेश सांसद  वैद्यले स्विकारे गल्ती,प्रदेश सभाको रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह :

    बागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलीविरुद्ध दिएको अभिव्यक्तिमा आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले आफूले बोलेका शब्द फिर्ता लिँदै प्रदेश सभाकोे रेकर्डबाट हटाउनसमेत सभामुखसमक्ष आग्रह गरेका हुन् । 

    शनिबारको प्रदेश सभा बैठकको सुरुमै सांसद वैद्यले सभामुख सानुकुमार श्रेष्ठसँग समय लिएर आफूले असाध्यै आवेगमा आएर कुरा पोख्ने क्रममा आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गर्न पुगेको भन्दै आत्मालोचना गरेका थिए । बागमती प्रदेशमा आर्थिक वर्ष ०७८-७९ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । सांसद वैद्यले शुक्रबारको बैठकमा ‘प्रधानमन्त्री ओली सबै कुरा बिगार्न उद्यत रहेकाले नेपालमा पनि कोही न कोही नाथुराम गोड्से बन्नुपर्ने, कोही नभए आफैँ बन्ने पो हो कि ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । कांग्रेसले उनलाई आत्मालोचना गर्न निर्देशन दिएको थियो । 

    सांसद वैद्यले प्रधानमन्त्रीप्रति आफूबाट प्रयोग भएका शब्दहरू कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गरेको र पार्टीको संसदीय दलले पनि फिर्ता लिन निर्देशन गरेको भन्दै आफूले बोलेको अभिव्यक्ति फिर्ता लिने बताएका हुन् । उनले आफूले हिंसाबाट शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक अभ्यासका लागि अन्य राजनीतिक दलहरूलाई समेत प्रेरित गर्ने र संयोजनकारी भूमिका खेल्ने पार्टीको सिपाही भएको हिसाबले पनि सो अभिव्यक्ति गलत भएको महसुस गरेको स्पष्ट गरेका छन् । 

    ‘नीति तथा कार्यक्रमको छलफलको क्रममा मैले संसद्को रोस्ट्रममा उभिएर आफ्नो प्रतिक्रिया दिनेक्रममा माननीय प्रधानमन्त्रीज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरू आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको र मैले आफैँले पनि आफूले बोलेको कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गरेको छु,’ सांसद वैद्यले भने, ‘शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरू राजनीतिक दलहरूलाई समेत लोकतान्त्रिक अभ्यासका लागि प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन माननीय सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछु ।’

    उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो भने कांग्रेस केन्द्रीय समितिले नै उनलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न दबाब दिएको थियो । 

     

    कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिब्यक्ति : ‘कोही नाथुराम बन्न तयार छैन भने म बन्छु !’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology