बुटवल,जेठ २६-
संवैधानिक इजलासबाट दुई न्यायाधीश नहट्ने भएका छन् । सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।
आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ।
यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् ।
यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)