Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा विपक्षी ४ गठबन्धनद्वारा प्रदेश प्रमुखको विरोध,प्रदेशसभा बैठक बहिस्कार

लुम्बिनीमा विपक्षी ४ गठबन्धनद्वारा प्रदेश प्रमुखको विरोध,प्रदेशसभा बैठक बहिस्कार

  • 4.5K
    SHARES

  • लुम्बिनीमा विपक्षी ४ गठबन्धनद्वारा प्रदेश प्रमुखको विरोध,प्रदेशसभा बैठक बहिस्कार

    बुटवल,जेठ २५-

    लुम्बिनी प्रदेश सरकारले आज प्रदेश आगामी आर्थिक बर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेको छ । 

    विपक्षी चार दलका गठबन्धनका सांसदको विरोधका बीच  प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम बाचन गरिरहेका छन् ।प्रमुख सचेतक बाहेक  गठबन्धनमा अरू प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।lumbini sarkar pramukh and savamukh sansad.jpg

    साे कार्यक्रमको विपक्षी गठबन्धनका सांसदहरुले विरोध गरेका छन् ।दिउँसो साढे ४ बजे सुरु भएको बैठकमा विपक्षी दलका प्रमुख सचेतक मात्र उपस्थिति भएका छन् ।

    गठबन्धन दलहरुको जेठ १९ गते प्रदेश प्रमुख यादवले एमालेको मतियार बनेर संविधान विपरित काम गरेकाले आज प्रदेश सभा बैठक वहिस्कार गर्नु परेको नेपाली काँग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन् ।

    ‘हामीले प्रदेश प्रमुखको विरोध गरेका हौं, नीति तथा कार्यक्रम र बजेटबारे छुट्टै धारणा आउछ ।’यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

    मुख्यमन्त्री शंकर पाेखरेलले विश्वासको मत नलिएको सरकारको वैधानिकतामा समेत प्रश्न रहेको गठबन्धनको भनाइ छ ।nc.jpg

    लुम्बिनी प्रदेश :आर्थिक बर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology