Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा वाईसीएलद्वारा ओली र महतोको पुत्ला दहन

रूपन्देहीमा वाईसीएलद्वारा ओली र महतोको पुत्ला दहन

  • 4.1K
    SHARES

  • रूपन्देहीमा वाईसीएलद्वारा ओली र महतोको पुत्ला दहन

     बुटवल,जेठ २३-

    रुपन्देहीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।

    उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै योङ कम्युनिष्ट लिग (वाईसीएल) सैनामैना नगर समितिले आइतबार सैनामैनाको मुर्गियास्थित पूर्व–पश्चिम राजमार्गमा ओली र महतोको पुत्ला जलाएका हुन् ।

    पुत्ला दहन गर्नु अगाडि वाईसीएल कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । पुत्ला दहनका क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच केही समय धकेलाधकेल समेत भएको थियो ।

    प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको वाईसीएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलले बताए ।

    Putla-Dahan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology