Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाठेघर क्यान्सर : सेनेटरी प्याडको प्रयाेगबारे इनरव्हिल मिडटाउन बुटवलको सचेतना

पाठेघर क्यान्सर : सेनेटरी प्याडको प्रयाेगबारे इनरव्हिल मिडटाउन बुटवलको सचेतना

  • 3.6K
    SHARES

  • पाठेघर क्यान्सर : सेनेटरी प्याडको प्रयाेगबारे इनरव्हिल मिडटाउन बुटवलको सचेतना

    बुटवल,जेठ २२ ।

    इनरव्हिल क्लव अफ मिडटाउन बुटवलको आयोजनामा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोज फाउन्डेसन रूपन्देहीको सहयोगमा पाठेघर क्यान्सरमा सेनेटरी प्याडको प्रयाेग विषयक भर्चुअल कार्यक्रम भएको थियो ।

    रोज फाउन्डेसनका संस्थापक माधव प्रसाद भण्डारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशसभाकी सदस्य  थान कुमारी थापाले पाठेघर क्यान्सरमा सेनेटरी प्याडको महत्त्वपूर्ण भुमिका रहने भएकाले सम्पूर्ण महिलालाई यसको उचित प्रयोग गर्न र सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा क्लवका चार्टर्ड प्रेसिडेण्ट आशा श्रेष्ठ ,क्लवका आइपिडिसी समिरा ध्वजु र क्लवकी पुर्व अध्यक्ष तथा रोज फाउन्डेसन रूपन्देहीका संयाेजक राधा भट्टराई लगायतले बाेल्नुभएको थियो । 

    कार्यक्रम क्लवका अध्यक्ष मिठु टण्डन भण्डारीको स्वागत मन्तव्य , क्लवकी उपाध्यक्ष सरस्वती ढुंगानाको धन्यवाद ज्ञापन तथा सुशीला पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology