Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यको नाम,यसरी हेराैँ

कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यको नाम,यसरी हेराैँ

  • 3.7K
    SHARES

  • कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यको नाम,यसरी हेराैँ

    बुटवल जेठ १५–

    नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गरेको छ।यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरेको थियो।

    केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट www.nepalicongress.org मा क्रियाशीलको विवरण सार्वजनिक भएको छ।

    सार्वजनिक भएका नामका उपर कुनै उजुरी वा गुनासा भएमा info@nepalicongress.org मा लिखित उजुरी दिन सकिने कांग्रेसले जनाएको छ।

    कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने बताएको छ। सबै जिल्लामा क्रियाशील सदस्यता वितरण नसकिँदा पार्टीका तल्ला तहमा आउनै लागेको अधिवेशन प्रभावित हुने देखिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology