Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक : राप्रपा

नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक : राप्रपा

  • 2.6K
    SHARES

  • नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक : राप्रपा

    बुटवल, जेठ १०-

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् । 

    ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् । 

    अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक रहेको भन्दै उनले  फिर्ता  लिन माग गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मधेसी दल जसपाको माग बमोजिम अध्यादेश जारी गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology