बुटवल,जेठ ७-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई साथमा लिएर बिहीबार राति राष्ट्रपतिसँग भेट गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार सरकार बनाउन आह्वान गरेको केही समयमै प्रधानमन्त्री ओली जसपाका दुई नेतालाई लिएर राष्ट्रपति कहाँ पुगेका हुन्।
संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको नलिने भन्दै वैकल्पिक सरकार गठनको पहल गर्न पत्र पठाएपछि राष्ट्रपतिले उपधारा ५ अनुसार सरकार बनाउन आह्वान गरेकी थिइन्।
राष्ट्रपतिको आह्वानपछि प्रधानमन्त्री ओली एमाले र जसपाको ठाकुर पक्षका २० सांसदको समर्थन रहेको दाबी पेस गर्न ठाकुर र महतोलाई सँगै लिएर शीतल निवास पुगेको ओलीनिकट एमालेका एक नेताले बताए।
ठाकुर र महतो दिउँसो ३ बजे बबरमहलस्थित पार्टी कार्यालयबाट बालुवाटार बोलाइयो भन्दै निस्केका थिए। त्यहाँ लामो बैठक गरेर उनीहरू राति ११ बजे शीतलनिवास गएको जसपाका एक नेताले बताए। ‘उहाँहरूले एउटा पत्र बुझाउनुभएको छ, त्यो पत्रमा के छ भन्ने चाहिँ जानकारी छैन’, उनले भने।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)