Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रियसभा उपनिर्वाचन : ३३८ जनाले गरे मतदान ,९ जना अनुपस्थित !

राष्ट्रियसभा उपनिर्वाचन : ३३८ जनाले गरे मतदान ,९ जना अनुपस्थित !

  • 2.2K
    SHARES

  • राष्ट्रियसभा उपनिर्वाचन : ३३८ जनाले गरे  मतदान ,९ जना अनुपस्थित !

    बुटवल,जेठ ६-

    बागमती प्रदेश भएको राष्ट्रियसभा उपनिर्वाचनमा ९ जना अनुपस्थित भएका छन् । ४ जना प्रदेश सभा सदस्य र ५ जना गाउपालिका प्रतिनिधि अनुपस्थित भए ।जसमा तीन जना बिबेकसिल र एक जना माओवादी केन्द्रका प्रदेशसभा सदस्य छन् ।  

    मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ, विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।

    निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    rastriya_sabha_chunab.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology