Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

  • 3.0K
    SHARES

  • प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

    बुटवल, बैशाख ३१-

    प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्।

    प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।

    उनी अल्पमतको प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई  संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    अब  प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ ।

    र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।

    केपी ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ आज

    ‘प्रतिज्ञा नगर्ने’ प्रधानमन्त्री केपी ओलीको शपथविरुद्ध सर्वोच्चमा रिट

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology