Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा २५ वेड तयार,स्वास्थ्यकर्मीलाई जिम्मा

कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा २५ वेड तयार,स्वास्थ्यकर्मीलाई जिम्मा

  • 3.3K
    SHARES

  • कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा २५ वेड तयार,स्वास्थ्यकर्मीलाई जिम्मा

    बुटवल,बैसाख २९- 

    नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् ।

    कांग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ वेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई  जिम्मा लगाएको  कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नागरिक अनलाइनलाई जानकारी दिए ।

    कोभिड-१९ महामारी बढी रहेका अस्पतालमा विरामीका लागि वेड अभाव भइरहेको अवस्थामा यसअघि नै कांग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोभिड-१९  संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

     अक्सिजन आपूर्तिको सहज व्यवस्थापन गर्न काँग्रेस रुपन्देहीको माग :

    congress ofc isolation.jpg

    यस्तै काँग्रेस रुपन्देहीले  तत्काल अक्सिजनको सहज आपूर्तिको व्यवस्थापन गर्न सरकारसंग माग गरेको छ । अक्सिजन  अभावमा अस्पताल पुगेका कोभिड १९ का बिरामीले मृत्युवरण गर्नु परीरहेको भन्दै काँग्रेस रुपन्देहीले तत्काल अक्सिजनको भरपर्दो व्यवस्थापन गर्न सरकारसंग माग गरेको हो ।

    नेपाली काँग्रस रुपन्देहीका सभापती अब्दुल रज्जाकले आज बुधबार एक विज्ञप्ती जारी गर्दै  अक्सिजनको अभावमा कोरोना संक्रमितले उपचार नपाएर ज्यान गुमाइरहेको र अस्पतालहरुले भर्ना भएका बिरामीलाइ डिस्चार्ज दिइरहेकाले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे ।

    भैरहवाका भिम अस्पताल, बुटवलको कोभिड अस्पताल सहित अन्य निजी अस्पतालहरुमा समेत अक्सिजन सकिएर बिरामीको मृत्यु भएको, भैरहवा मेडिकल कलेजले अक्सिजनकै अभावमा बिरामी भर्ना लिनै छोडेको र भर्ना भएका बिरामीलाइ समेत डिस्चार्ज गरिदिँदा स्थिती अझ भयावह तर्फ गइरहेको भन्दै राज्यका सबै शक्ति र श्रोत अक्सिजन व्यवस्थापनमा तथा कोडिभ १९ का बिरामीको उपचारमा लगााउन काँग्रेस रुपन्देहीले माग गरेको हो ।  अक्सिजन सकिएर आजै बुटवलको कोभिड अस्पतालमा ५ जना संक्रमितको मृत्यु भएको छ ।

    भैरहवा मेडिकल कलेजले अक्सिजन नपाएपछि अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ आजै दिउसो देखि डिस्र्चाज दिने निर्णय नै गरेपछि बिरामी र तीनका आफन्तको अवस्था बेहाल छ । अन्य सरकारी र निजी अस्पतालहरुले पनि बिरामीका आफन्तलाइ आफै अक्सिजनको व्यवस्थापन गर्न भनिरहेका छन् ।

    सभापती अब्दुल रज्जाकले अक्सिजन नै नपाएर यसरी दिनहुँ सर्बसाधारणले ज्यान गुमाइ रहँदा समेत तीन तहका सरकार अक्सिजन व्यववस्थापनमा प्रभावकारी ढंगले नलागेको भन्दै गम्भिर बन्न आग्रह गरेका हुन् ।

    याे पनि :-

    भैरहवास्थित पार्टी कार्यालय आइसोलेशन निर्माणको लागि दिने कांग्रेस रुपन्देहीको निर्णय

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology