बुटवल,बैसाख २७-
कोभिड–१९ महामारीका कारण जनता सकसमा परिरहेको बेला सरकार भने गैरजिम्मेवार बनेको नेपाली काँग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समितिले रुपन्देही आराेप लगाएको छ ।
सोमबार क्षेत्रीय सभापति हरि लम्सालद्वारा जारी प्रेस विज्ञप्तिमा आवश्यक अक्सिजन, आईसीयू बेड, जनताहरुको दर्दनाक मृत्युवरण भैरहेको भन्दै जनताको पिडाको बेला सरकारले आफ्नो कुर्ची बचाउने खेल मात्र गरेका आरोप लगाइएको छ ।
क्षेत्रीय सभापति हरि लम्सालले भने-‘ कोरोना महामारीमा जनताहरु चिच्चाईरहेका छन् ,गुहार मागिरहेका छन् ,जनताको चित्कार,रोदन सुन्ने कोही छैन् देशमा सरकार छ कि छैन ?’।
‘कोभिडको उपचार लागि सरकारले हात उठाएको अवस्थामा जनता आफै उपचार गनुपर्ने अवस्थामा छन् त्यहा भन्दा पिडादायी अबस्था के हुन्छ ?’ उनले भने ।
यस्तो विपतको बेलामा अंग्रपक्तिमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई सरकारले उच्च मनोवल प्रदान गर्ने बेला सरकारले कुनै ध्यान नदिएको उल्लेख गरिएको छ ।
काँग्रेस रुपन्देही र बुटवल नगर समितिद्वारा छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी,सरकाले जनताको जीउ ज्यानको रक्षा गर्न नसकेको भन्दै आलाेचना !
अहिले जनता अभिभावक विहिन वनेको भन्दै यस्तो कार्यलाई कुनै पनि हालतमा सह्य हुन नसक्ने चेतावनी दिईएको छ । यस्तै आजै काँग्रेस रुपन्देही र बुटवल नगर समितले पनि छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै सरकारले जनताको जीउ ज्यानको रक्षा गर्न नसकेको भन्दै आलाेचना गरेका छन् ।
नगर सभापति खेलराज पाण्डेयले एक विज्ञप्ती जारी गर्दै असहज अवस्थामा जनताको जिउ जोगाउनको साटो सरकार आफ्नौ ध्याउन्नमा लागेको भन्दै आलोचना गरेका छन् ।
स्थानीय,प्रदेश र केन्द्र सरकार संकट समाधान गर्दै जनताको प्राण बचाउने भन्दा पनि आआफ्नै ध्याउन्नमा रहेकाले सरकार जनताको पक्षमा काम गर्ने कहिले हो ? भन्ने प्रश्न नगर सभापति पाण्डेको छ ।
त्यस्तै जिल्ला सभापति अब्दुल रज्जाकले कोभिड-१९ को उपचारका लागि सरकारले हात उठाएको भन्दै सरकार बेकामे र असफल भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)