बुटवल, वैशाख २६-
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज दिउँसो १ बजे बैठक बस्ने जानकारी आएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।
बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने तय भएको छ।सोमबार प्रतिनिधि सभा बैठक बस्न लागेको छ। उक्त बैठक तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
२६ जना सांसद कोरोना संक्रमित भएकोले प्रतिनिधि सभा बैठकमा कसरी सहभागी गराउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि सोमबार प्रतिनिधि सभा बैठक बस्न लागेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)