Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमा २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि,एकैदिन ४१९४ को मृत्यु

भारतमा २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि,एकैदिन ४१९४ को मृत्यु

  • 2.8K
    SHARES

  • भारतमा २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि,एकैदिन ४१९४ को मृत्यु

    बुटवल, वैशाख २५- 

    भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    अघिल्लो  दिनको तुलनामा भने यो संख्या केही कम हो। अघिल्लो दिन भारतमा ४ लाख १४ हजारभन्दा बढी संक्रमित थपिएका थिए। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा यसअघि पहिलो पटक गत शनिबार १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो। संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

    भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो।

    यस्तै त्यहाँ एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन्। अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ ।

    विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३४ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ४७ हजार संक्रमित थपिएका छन् भने ७५७ जनाको मृत्यु भएको छ।

    एजेन्सी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology