Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सिजनको व्यवस्था मिलाउन उप-प्रमुख चौधरीको संयोजकत्वमा तिलोत्तमामा बन्याे समिति

अक्सिजनको व्यवस्था मिलाउन उप-प्रमुख चौधरीको संयोजकत्वमा तिलोत्तमामा बन्याे समिति

  • 4.9K
    SHARES

  • अक्सिजनको व्यवस्था मिलाउन उप-प्रमुख चौधरीको संयोजकत्वमा तिलोत्तमामा बन्याे समिति

    बुटवल, बैसाख २४ ।

    तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारको लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिण्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

    नगरस्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले नगर उप-प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो ।

    समितिको सदस्यहरुमा मोहन चापागाईं, हरिलाल पाण्डेय, लक्ष्मण खनाल, गुणानिधी भण्डारी, बाबुलाल भुसाल, सत्यव्रत ज्ञवाली, केशव भट्टराई र माधव प्रसाद पोखरेल रहनुभएको छ । नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघ—संगठनहरुलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले कोरोना संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा विवाह, ब्रतबन्ध, पूजाआजा, भोज—भतेर जस्ता क्रियाकलापबाट कोरोना संक्रमण जोखिम उच्च हुने भएकोले अहिलेको विषम परिस्थितिमा यस्ता क्रियाकलाप नगर्न÷नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।

    नगर क्षेत्रभित्र कोरोनाको जोखिमा रहेका व्यक्तिहरुको परीक्षणलाई छिटो छरितो गराउन नगरपालिकाबाट एन्टिजेन र भिटिएस खरिद गर्ने, नगरमा निषेधाज्ञालाई थप प्रभावकारी बनाउन थप सुरक्षाकर्मी परिचालनको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नको लागि प्रकोप व्यवस्थापन कोषमा स्वच्छिक रुपमा आर्थिक सहयोग गर्न संघ—संस्था, उद्योगी, व्यवसायीलगायत सबैमा अनुरोध समेत गरेको छ ।

    तिलोत्तमा नगरपालिकामा शुक्रबारसम्म झण्डै १४ सय जना सक्रिय कोरोना संक्रमित रहेका छन् । शुक्रबार मात्र नयाँ कोरोना संक्रमित १५१ जना थपिएका छन् भने ११३ जनाले कोरोना जितेका छन् । नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं. ९ को केवलानीमा थप ६० बेडको आइसोलेशन सेन्टर बनाउन तयारी थालेको छ । 

    तिलोत्तमाका मेयर-उपमेयर चढ्ने सरकारी गाडी अबदेखि एम्बुलेन्स !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology