Logo बिहिवार, आश्विन १ गते २०८३
images

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो

  • 3.3K
    SHARES

  • माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो

    बुटवल,बैशाख २२ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    बुधबार बिहान बसेको संसदीय दलले २०७४ साल फागुनमा नेकपा एमाले संसदीय दलको नेता केपी शर्मा ओलाीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। सो निर्णयलाई माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बुझाए।maobadi_dev_gurung.jpg

    संसद सचिवालयलाई नेकपा माओवादी केन्द्रले यसअघि सरकारलाई दिएको विश्वास फिर्ता लिएको जानकार गराएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रमुख सचेतक गुरूङले प्रधानमन्त्रीका एकपछि अर्क संविधान प्रतिकुलका कदमहरुले राष्ट्रियता, लोकतन्त्र, जनजीवीकालगायतका मुद्दामा गम्भीर खतरा पैदा भएर अन्ततः राष्ट्रिय स्वाधिनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले समर्थन फिर्ता लिएको बताए।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology