Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा स्कारपियो दुर्घटना,चालकको मृत्यु दुई जना गम्भीर घाइते

दाङमा स्कारपियो दुर्घटना,चालकको मृत्यु दुई जना गम्भीर घाइते

  • 2.1K
    SHARES

  • दाङमा स्कारपियो दुर्घटना,चालकको मृत्यु  दुई जना गम्भीर घाइते

    बुटवल,बैसाख २२- 

    दाङमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते छन्।

    घोराही उपमहानगरपालिका वडा नम्बर १३ का करिब ३३ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

    दुर्घटनामा परेर तुलसीपुर उपमहानगर ४ घर भई घोराही १७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते छन्।

    उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घोराही–कमेरेचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगर ४ ओइरेनीमा बुधबार बिहान ७ बजेतिर रोल्पाको लिवाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटनामा परेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology