Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस रुपन्देहीको आग्रह : ‘कोराेना संक्रमितको उपचारमा तीनै तहका सरकार गम्भिर बन’

काँग्रेस रुपन्देहीको आग्रह : ‘कोराेना संक्रमितको उपचारमा तीनै तहका सरकार गम्भिर बन’

  • 5.8K
    SHARES

  • काँग्रेस रुपन्देहीको आग्रह : ‘कोराेना संक्रमितको उपचारमा तीनै तहका सरकार गम्भिर बन’

    बुटवल,बैसाख१७- 

    नेपाली काँग्रेस रुपन्देहीले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन केन्द्र, प्रदेश सरकार र स्थानीय तहहरुलाइ आग्रह गरेको छ ।

    कोरोना संक्रमितका बिरामीहरुले उपचारै नपाइ ज्यान गुमाउनु पर्ने अवस्था आएको भन्दै नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले संक्रमितको उचित उपचारको व्यवस्था गर्न तीन तहकै सरकारलाइ आग्रह गर्नु भएको हो ।

    बुटवलको धागो कारखानामा रहेको कोभिड अस्पतला र भैरहवाको भिम अस्पतालमा बेड अभाव भएको भन्दै सभापती रज्जाकले तत्काल शैया थप गरी संक्रमितको उपचारको व्यवस्था गर्न माग गर्नु भयो  ।

    सभापती रज्जाकले आज एक विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणकालागि नाकामा कडाइ गर्न, भारतबाट फर्केकाहरुलाइ कोरोना परिक्षण पछि मात्र सम्बन्धित क्षेत्रमा पठाउन र संक्रमितको उपचारकालागि प्रयाप्त जनशक्ति,उपकरणको व्यवस्थापन गर्न केन्द्र,प्रदेश र स्थानीय सरकारको ध्यानकर्षण गराउनु भएको हो ।

    ‘संक्रमितको उपचारकालागि अस्पतालहरुमा प्रयाप्त बेड,अक्सिजन,स्वास्थ्य उपकरण,जनशक्तिको व्यवस्थापन गरी प्रदेशका जनताको जीवन रक्षा गर्ने दायित्व सरकारले पुरा गरोस’ सभापती रज्जाकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

     रुपन्देहीमा हाल सम्म कोरोना संक्रमणबाट १ सय ८८ को मृत्यु भइसकेको छ । जिल्लामा हाल  २ हजार ५५२ जना संक्रिय संक्रमित छन । बुटवल भैरहवाका कोभिड अस्पतालहरु संक्रमितले भरीएका छन ।  

    अस्पतालहरुमा बेड अभाव भएपछि गम्भिर लक्षण सहितका संक्रमितहरुले उपचार नपाइ ज्यान गुमाइ रहेका छन भने अक्सिजनको समेत अभाव भएको छ । सभापती रज्जाकले कोरोनाले बिकराल रुप लिइसक्दा र उपचारै नपाइ बिरामीहरुले ज्यान गुमाइरहदा तीनै तहका सरकार मुकदर्शक भएर बसेको भन्दै जनताको स्वास्थ्य सुरक्षालाइ पहिलो प्राथमितामा राखेर काम गर्न आग्रह गर्नु भएको हो ।

     निषेधाज्ञा अवधीमा अत्यावश्यक सेवा तथा बस्तुहरुको सहज आपुर्तीको व्यवस्था मिलाउन पनि माग गर्नु भएको छ । सभापती रज्जाकले कोरोना संक्रमणबाट बच्न सबैले अनिवार्य मास्क,सेनिटाइजरको प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र निषेधाज्ञाको पालना गर्न पनि जिल्लाबासीलाइ आग्रह गनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology