Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली हुने

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली हुने

  • 2.0K
    SHARES

  • आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली हुने

    बुटवल,बैसाख१७-

    मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । 

    देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । 

    यसैगरी, आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा  र तराईका एक, दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। यता, देशका पहाडी भूभागका  एक दुई स्थानमा मेघगर्जन र  चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, बैशाख १७ २०७८१०:००:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology