Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडाैँ उपत्यकामा निषेधाज्ञा,यातायात क्षेत्र वैशाख १६ गतेदेखि बन्द

काठमाडाैँ उपत्यकामा निषेधाज्ञा,यातायात क्षेत्र वैशाख १६ गतेदेखि बन्द

  • 6.2K
    SHARES

  • काठमाडाैँ उपत्यकामा निषेधाज्ञा,यातायात क्षेत्र वैशाख १६ गतेदेखि बन्द

    बुटवल,वैशाख १३ -

    कोराेना संक्रमणको दर फैलिएपछि  काठमाडौं उपत्यकाका तीन जिल्लामा बैसाख १६ गतेदेखि निषेधाज्ञा हुने भएको छ ।

    सार्वजनिक र निजी यातायात भने वैशाख १६ गतेदेखि बन्द हुनेछन् । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खाद्यपदार्थ र औषधि पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको छ ।

    आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।   होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

    उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने :

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

    ‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने । अर्थात् काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।

    उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology