Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

प्यारामाउन्ट बोर्डिङको होस्टेलमा बस्दै आएकी प्रतिभाको संकास्पद मृत्यु,कोभिडका बेला उच्च ज्वराे आउँदा स्कूलको बेवास्ता !

प्यारामाउन्ट बोर्डिङको होस्टेलमा बस्दै आएकी प्रतिभाको संकास्पद मृत्यु,कोभिडका बेला उच्च ज्वराे आउँदा स्कूलको बेवास्ता !

  • 9.7K
    SHARES

  • प्यारामाउन्ट बोर्डिङको होस्टेलमा बस्दै आएकी प्रतिभाको संकास्पद मृत्यु,कोभिडका बेला उच्च ज्वराे आउँदा स्कूलको बेवास्ता !

    बुटवल,बैशाख ११- 

    रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा रहेको प्यारामाउन्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको संकास्पद मृत्यु भएको छ । कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको विद्यालयका सह-प्राचार्य लिलाधर किरातले जानकारी दिए ।

    अभिभावकले भने शिक्षककाे लापर्बाहीका कारण उनको मृत्यु भएको जनाएका छन् । ‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर आज विहानै घर गएकी थिइन् ।’

    ‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो ।’ विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो । विद्यालयमा हाल ५० जना बढी होस्टेलमा बस्दै आएको उनले बताए ।

    क्रिमशन अस्पतालले उपचारका लागि ती छात्रालाई ल्याइपुर्याउँदा मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनुको कारण बारे नखुलेको बताउँदै अस्पताल प्रशासनले छात्रालाई उपचारका लागि ल्याइपुुर्याउनु अघि नै मृत्यु भएको जनाएको हो । 

    बिद्यालयका शिक्षकलाइ कालाेमाेसाे  ! :

    इलाका प्रहरी कार्यालय मँगलापुरका अनुसार मृतक छात्राका आमा-बुवा जापान बस्दै आएका छन् भने उनी आफ्नो ठूलो बुवा-आमासँगै तिलोत्तमा(५ मणिग्राममा बस्दै आएकी थिइन् ।

    विद्यार्थीको मृत्यु हुनुका साथै धेरै विद्यार्थीलाई उच्च ज्वरो आउँदा पनि विद्यालयले बेवास्ता गरेको भन्दै केहि विद्यालयका विद्यार्थी र तीनका अभिभावकले विद्यालय घेराउ गर्दै नाराबाजी समेत गरेका थिए । बिद्यालयका विद्यार्थी र तीनका अभिभावकले बिद्यालयका शिक्षकलाइ कालाेमाेसाे लगाएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology