Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओलीको विकल्प खोजाैँ,अविश्वासको प्रस्ताव पेश गर्न ढिलाई नगराैँ : प्रदिप पौडेल

ओलीको विकल्प खोजाैँ,अविश्वासको प्रस्ताव पेश गर्न ढिलाई नगराैँ : प्रदिप पौडेल

  • 3.0K
    SHARES

  • ओलीको विकल्प खोजाैँ,अविश्वासको प्रस्ताव पेश गर्न ढिलाई नगराैँ : प्रदिप पौडेल

    बुटवल,बैशाख ११-

    प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका निम्ती संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न नेपाली काँग्रेसले ढिलाई गर्न नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले वताएका छन् । 

    रिर्पोट्स क्लव नेपाल लुम्विनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।

    नेता पौडेलले भने, नेकपा माओवादी ९केन्द्र० दुई धारको चरित्र चित्रण गर्दै, आएको, भन्दै यता सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, उता सरकारको पनि विरोध गर्दै जाने यो कस्तो प्रवृती हो भनी प्रश्न समेत गरेका थिए  ।

    उनले  जनता समाजवादी पार्टी जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग वहादुर राणा भन्दा पनि वलियो वन्दै गएको उल्लेख गरे ।

    नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने सहमति जनाएको वताए । उनले भने, प्रधानमन्त्री ओलीले एमसिसिको प्रस्ताव ल्याएर, सभामुख माथि विभिन्न लान्छाना लगाउन खोजेको जिकिर गर्दै, आफु माथि अविश्वासको प्रस्ताव पेश हुन्छ कि आशंकाले संसद्को विजनेश नचलेको वाहाना वनाउँदै, संसद् वन्द गरेको ठोकुवा गरे ।

     सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेलाई सम्मान गरिएको थियो । कार्यक्रम राम कुमार क्षेत्रीको अध्यक्षतामा र प्रदिप आचार्यको संचालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology