बुटवल, वैशाख १०-
बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको विदाई एवं नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतको स्वागत गरिएको छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका आयोजनामा स्वागत एवं विदाई कार्यक्रम इकाई अध्यक्ष अनिल कुमार माण्डव्यको अध्यक्षता नगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
स्वागत तथा विदाई कार्यक्रमको संचालन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समितिका सचिव रेश्मीराज घिमिरेले गर्नुभएको थियो । बुटवल उपमहानगरपालिकाको ४८ औं कार्यालय प्रमुखको रुपमा रहनु भएका चक्रपाणी शर्मा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भई जानु भएको छ ।
उपमहानगरपालिका भै सके पछिका ७ औ प्रमुख प्रशासकीय अधिकृत र ४९ औ कार्यालय प्रमुखको रुपमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी बुटवल उपमहानगरपालिका आई पदभार ग्रहण गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शिवराज सुवेदीज्युले बुटवलको बृहत्तर विकासका लागि कर्मचारीहरुको योगदान र कार्यको प्रशंसा गर्नु भएको थियो । त्यसैगरी विदाई भै जानुहुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले पनि बुटवल उपमहानगरपालिकाका कर्मचारीहरुको उत्कृष्ट कार्य क्षमताका कारणले आफु सफल भएको र एम।सि।पी।एममा पनि लगातार ५ पटक प्रथम भएको विषयलाई स्मरण गराउनु भएको थियो ।
कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्षा ठगिश्वर पोखरेल, बरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल र नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा पूर्व प्रमुख प्रशासकीय अधिकृत एवं राजश्व अनुसन्धान कार्यालय बुटवलका कार्यालय प्रमुख राजन कुमार विसी, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन छैठौ केन्द्रीय महाधिवेशन आयोजक समितिका सचिव एवं पुर्व इकाई अध्यक्ष सितु प्रसाद श्रेष्ठ, इकाई समितिका पूर्व अध्यक्षहरु, महाशाखा प्रमुख लगायत बुटवल उपमहानगरपालिकाका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)