Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

पाल्पा सदरमुकाम तानसेनमा ‘तपाईको मास्क खोई ?’ अभियान

पाल्पा सदरमुकाम तानसेनमा ‘तपाईको मास्क खोई ?’ अभियान

  • 2.1K
    SHARES

  • पाल्पा सदरमुकाम तानसेनमा ‘तपाईको मास्क खोई ?’ अभियान

    पाल्पा,बैशाख १०- 

    पाल्पाको सदरमुकाम तानसेनमा तपाईको मास्क खोई अभियान सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा मास्क खोई अभियान सुरु गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा सडकमा मास्क बिना हिडेका यात्रुलाई मास्क वितरण गरिएको थियो ।

    कोरोना महामारीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाउ भन्ने मुल नाराका साथ तानसेनमा बिहीबार सो अभियान सुरु गरिएको हो । मास्क लगाउदा कोरोना संक्रमणबाट जोगिने भएपनि स्थानीय प्रशासनले माक्सलाई अनिवार्य गरेको हो ।

    पाल्पामा पछिल्लो समय कोरोना संक्रमितको सख्या बढेको छ । भारतमा कोरोना संक्रमणको दर बढेसँगै त्यसको असर पाल्पा लगायतका जिल्लामा पर्ने भएपनि स्थानीय प्रशासनले कोरोनाबाट जोगिन मास्कअनिवार्य गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology