Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

गिद्ध मृत्युको घटनामा संलग्नलाई कारबाही गर्न प्रशासनसँग माग

गिद्ध मृत्युको घटनामा संलग्नलाई कारबाही गर्न प्रशासनसँग माग

  • 1.6K
    SHARES

  • गिद्ध मृत्युको घटनामा संलग्नलाई कारबाही गर्न प्रशासनसँग माग

    बुटवल,बैशाख १०-

    नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न नेपाल भेटेरिनरी एशोसिएसनले प्रशासनसँग माग गरेको छ ।

    अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको हो ।

    एशोसिएसनका अध्यक्ष डा.शितलकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी नवलपरासीमा गिद्ध र काभ्रेमा कुकुरलाई अमानवीय ढंगले मारिएको घटनाप्रति खेद व्यक्त गरेका छन् । उनले पशु कल्याणको आधारभूत पक्षमा ध्यान पुर्याउन समेत सबै सरोकारवालामा अपील गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology