बुटवल,बैशाख ९-
गुल्मीको सत्यवती ७ जुनियामा नेपालमै पहिलो पटक शुक्ष्म शिक्षा शिला भ्यू प्वाइन्ट निर्माण गरिएको छ ।
गुल्मी जुनिया तराई सम्पर्क समाज बुटवलका अध्यक्ष खड्क बहादुर शाहीको नेतृत्वमा शिक्षा शिला भ्यू प्वाइन्ट निर्माण गरि उद्घाटन गरिएको छ ।
भ्यू प्वाइन्टको सत्यवती गांउपालिकाका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन गर्दै सत्यवतीमा निर्माण भएको भ्यू प्वाइन्ट नेपालमै पहिलो भएको र यसको फरक बिशेषता रहेको बताउनुभयो । भ्यू प्वाइन्ट निर्माणका लागि गांउपालिका तथा बिभिन्न दाताहरुको सहयोगमा ६ लाख लागत गुल्मी जुनिया तराई सम्पर्क समाज बुटवलका अध्यक्ष खड्क बहादुर शाहीले बताउनुभयो ।
सो भ्यू प्वाइन्टबाट पूर्व पश्चिम प्रष्ट देख्न सकिन्छ । भ्यू प्वाइन्ट निर्माण एर्राै,डिग्री,दुरी,स्थान, र उचाइ मिलाइएको जनाइएको छ ।त्यहाबाट लिम्घा,लुम्पेक गुल्मी,बाग्लुङ लगायतका क्षेत्र सहजै हेर्न सकिन्छ । यसले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ग्ने अपेक्षा गरिएको चन्द्रलाल छन्त्यालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)