Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

मोडल अफ तिलोत्तमा सिजन-२ को उपाधि रेजिनालाई

मोडल अफ तिलोत्तमा सिजन-२ को उपाधि रेजिनालाई

  • 3.6K
    SHARES

  • मोडल अफ तिलोत्तमा सिजन-२ को उपाधि रेजिनालाई

    बुटवल,बैशाख ९-  

    मोडल अफ तिलोत्तमा सिजन–२ को उपाधि रेजिना कार्कीले हात पारेकी छिन । बुटवलमा एक महिना देखि विभिन्न चरणका अडिसन हुँदै भएको फाइनलमा सात जना प्रतियोगीलाई पछी पार्दै उपाधि जितेकी हुन ।

    प्रतियोगितामा फस्ट रनर अपको उपाधि बिनु पुन, सेकण्ड रनर अपको उपाधि रोमा पाण्डेले हात पार्न सफल भएकी छन् । भ्युअर च्याइस दिपक सुनारले उपाधि प्राप्त गरेका छन् भने अर्गनाइजर च्वाइस र मस्ट एक्टीभको उपाधि गोबिन्द पौडेलले प्राप्त गरेका छन् ।

    त्यसैगरि मस्ट कन्फीडेन्ट अवार्ड रोमा पाण्डेले प्राप्त गरेकी छिन बेस्ट स्टेज परफर्मर र मस्ट डिसीपिलिनको उपाधि उषा रावलले प्राप्त गरेकी छिन ।

    आयोजक द डाइनामिक फेसन स्टाइलका प्रवन्ध निर्देशक श्रेयान अचार्यको अध्यक्षता र बुटवल फिटनेश एण्ड जिम हाउसका प्रमुख बिजेनमान श्रेष्ठको आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेमा निर्णायकहरुमा दिवाकर पौडेल, दिपा पाठक र अमिसा थापा लगायतको रहेको थियो ।

    कार्यक्रममा चियरमेन सौरभ रेग्मी , फेसन कोच युकेशमन ज्ञवाली, एसिस्टेन कोरोयोग्राफर सुरज परियार, सल्लाहकार माधव अर्याल , इभेन्ट डाइरेक्टर जीवन शर्मा रहेका थिए ।

    प्रतियोगितामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो । आविष्कार पराजुली सञ्चालनमा भएको कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology