बुटवल ,बैसाख ७-
देववाणी संस्कृत साधारण मावि तानसेनको अभिभावक भेला सम्पन्न भएको छ । अभिभावक भेलाबाट ४ जना बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरू उमा अर्याल,बिन्दु थापा,प्रेम शाही र नेत्र गैरे सर्बसम्मत चुनिनु भएको छ ।
भेलामा बिधालयको स्तर उन्नति र भौतिक समरचना, र विद्यार्थीको गुणस्तरीय पठनपाठनको बारेमा छलफल भएको थियो ।
भेलामा बोल्ने अभिभावकले सुरुका दिनमा सरकारी बिधालय मा आफ्ना छोराछोरी पढाउन नचाहनेले पनि अहिले पढाएकोमा गर्व लागेको बताएका थिए ।
भेलामा बोल्दै निबर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले अहिलेसम्म बिधालयको स्तर उन्नति ,बिधालयको प्रगति र गतिविधि को बारेमा जानकारी गराउनुभएको थियो । बिधालयका प्राध्यापक कृष्ण बहादुर थापा ले विद्यार्थी र बिधालय उत्कृष्ट बनाउन अभिभावकको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
उहाले आफ्ना बालबालिकालाई घरमा के गर्दैछ र कस्तो व्यबहार गर्दैछ त्यसमा पनि ध्यान पुरान सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै अभिभावक सरिता पोखरेल,उमा अर्याल र शिक्षक सेषनारायण चालिसे ,शिक्षक बिमला शर्माले बिधालयको उन्नतिको लागि विद्यार्थीलाई मिहेनिती बनाउनपर्नेमा जोड दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)