बुटवल,बैशाख ३-
लायन्स क्लब अफ मणिग्रामले आफ्नो ५ औं बर्षको उपलक्ष्यमा लायन्स नाइट गरेको छ । मंगलबार बोधि भिल्ला होटल मंगलापुरमा सम्पन्न गरेको थियो ।
कार्यक्रमा प्रदेश सभा सदस्य सन्तोष पाण्डेले शुभकामना दिदै सामाजिक काममा क्लव नेपालको मात्रै नभएर लायन्सकै ईतिहासमा गौरवपुर्ण काम गर्ने अपेक्षा समेत व्यक्त गरे । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बेला सामाजीक क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे ।
क्लवले विगतका दिनमा नमुना सामाजिक काम गरेको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा अझ परिस्कृत रुपमा काम गर्ने कुरामा विश्वस्त रहेको बताए।
कोरोना भाइरस विरुद्धको फस्ट लाइन उपचारमा खटिइका डाक्टर तथा नर्सहरुलाई सम्मान गरेको थियो कार्यक्रमलाई धर्मेदर सेवान टिम र बिष्णु प्रसाद गौडेल मनोरन्जन दिएको लायन्स मणिग्रमका अध्यक्ष सुरज लम्साले बताए ।
त्यतै कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ,पर्यटन बिकास प्रमुख मुक्ति पाण्डे, तिलोत्तमा वडा न ९ का अध्यक्ष नारायण न्यौपाने लगाएत बोलेका थिए । लायन्स नाइट बाट बचेको रकम सामाजिक क्षेत्रमा अनाथ असहाय र अपाङ्ग सहयोग गरिने कार्यक्रमा संयोजक प्रकास भण्डारीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)