बुटवल,बैसाख २-
लायन्स क्लब अफ बुुटवल स्टार्सको अध्यक्षमा एन्जिल मिया खाँन चयन भएका छन् । बर्ष २०२१-२०२२ को लागि नयाँ नेतृत्व चयन गरिएको हाे । नया कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय कुमार वर्णवाल ,द्धितिय उपाध्यक्षमा भुपेन्द्र अर्याल, तृतिय उपाध्यक्षमा बिश्वजित कसौधन, सचिवमा राजन जिसी, कोषाध्यक्षमा रामबहादुर शाही , सह–सचिवमा ढकेश्वर भट्टराइ, सह–कोषाध्यक्षमा अब्दुल सलामत छन् ।
यस्तै पिआरओ दुुर्गा बहादुुर आले, एलसिआइएफ कोडिनेटर चेयरपर्सन मान बहादुर श्रेष्ठ क्लब मेम्बरसिप चेयरपर्सन रुपमागंत पाण्डे, क्लब मार्केटीङ्ग कम्यूनिकेशन चेयरपर्सन रबि भट्टराई, निर्देशक डायवटिज चेयरपर्सन डाअन्जनी बर्नवाल , निर्देशक हंर्गर चेयरपर्सन निर्देशक विजय प्रधान, युथ चियर फर्सन निर्देशकमा घनश्याम पाण्डे, फाईन्स चेयरपर्सन निर्देशकमा प्रदिप भट्राई, स्पोट्स निर्देशक चियर पर्सनमा कृष्ण जिसी, टेल—ट्वीटर किशोर बर्मा, टेमरमा नविन पन्थी चयन भएको निवार्चन आयुुक्त दिपक भट्राईले नागरिक अनलाइनलाइ जानकारी दिए ।
लायन्स ३२५ वि २ नेपालका द्धितिय भ्वाईस डिष्ट्रक गर्भर नवराज न्यौपाने नवनिर्वाचित पदाधिकारीहरलाई शुभकामना दिदै सामाजिक काममा क्लव नेपालको मात्रै नभएर लायन्सकै ईतिहासमा गौरवपुर्ण काम गर्ने अपेक्षा समेत व्याक्त गरे । लायन्स डिष्ट्रिक ३२५ वि २ का पुर्व गर्भनर अरुण प्रताप राणाले क्लवले विगतका दिनमा नमुना सामाजिक काम गरेको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा अझ परिस्कृत रुपमा काम गर्ने कुरामा विश्वस्त रहेको बताए ।
लायन्स डिष्ट्रक एड्भाईजर अर्जुनमान सैजुले पनि क्लवले आगामी दिनमा थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिदै आफुले स्पोन्सर गरेको क्लवले गरेको कामबाट आफु गौरवान्वीत भएको बताए । कार्यक्रमा २०२०-२१ का अध्यक्ष शुशिल पाण्डे एमजेएफ ले २२ जना रहेको नयाँ कार्यसमिति बधाई र क्लबलाई कसरी आगाडी क्रियासिल गराउन र सामाजिक काममा जोड दिन आग्रह गरेका छन् ।
क्लवका संस्थापक अध्यक्ष तथा एरिया चिफ सन्दीप कुमार कसौधन एमजेएफले सामाजिक सेवा भावले स्थापना भएको क्लवले छोटो समयमा राम्राे काम गरेको बताए । पूर्व अध्यक्ष रिजन चियर पर्सन आशिष कृण्ण श्रेष्ठएमजेएफ, जोन चियर पर्सनएमजेएफ एम एल पाण्डेले क्लवलाइ उत्कृष्ट बनाउन आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)