Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको नेतृत्वमा चुनावी सरकार,आगामी मङ्सिर वा चैतमा निर्वाचन : डा.शेखर कोइराला

कांग्रेसको नेतृत्वमा चुनावी सरकार,आगामी मङ्सिर वा चैतमा निर्वाचन : डा.शेखर कोइराला

  • 2.5K
    SHARES

  • कांग्रेसको नेतृत्वमा चुनावी सरकार,आगामी मङ्सिर वा चैतमा निर्वाचन : डा.शेखर कोइराला

    कास्की,चैत ३० ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

    सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।’

    सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाइ छ ।

    कांग्रेसका लागि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पारे ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology