Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल पत्रकार महासंघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका विपुल पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका विपुल पोखरेल निर्वाचित

  • 5.8K
    SHARES

  • नेपाल पत्रकार महासंघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका विपुल पोखरेल निर्वाचित

    काठमाडाैँ,चैत्र २८-

    नेपाल पत्रकार महासंघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका विपुल पोखरेल निर्वाचित भएका छन् । उनले ६९४२ मत ल्याए ।

    पोखरेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।  पोखरेलले प्रगतिशील प्यानलका निर्मला शर्मालाई  तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।निर्मलाले ३९१५ मत पाइन् ।  पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरे ।

    महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भए ।

    महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित  गरेका छन् । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् ।

    आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

    उनीहरु सबै पोख्रेल प्यानलका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् । यस्तै लु्म्बिनी प्रदेशबाट रुपन्देहीका पत्रकार भवानी प्रसाद पाण्डेय केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

     

    याे पनि पढाैँ:-

    दुई दशकपछि पत्रकार महासंघ रुपन्देहीमा प्रेस युनियनको नेतृत्व,संयुक्त-लोकतान्त्रिक गठबन्धन बिजयी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology