Logo बिहिवार, आश्विन १ गते २०८३
images

अहिलेको राजनीतिक हलचल केवल सत्ताको लागि मात्रै :मुख्यमन्त्री पोखरेल

अहिलेको राजनीतिक हलचल केवल सत्ताको लागि मात्रै :मुख्यमन्त्री पोखरेल

  • 3.1K
    SHARES

  • अहिलेको राजनीतिक हलचल केवल सत्ताको लागि मात्रै :मुख्यमन्त्री पोखरेल

    बुटवल,चैत्र २३-

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले राष्ट्रिय राजनीतिकमा देखिएको हलचलले देशमा अस्थिरता र अन्यौंलता सिर्जना गर्ने दाबी गरेका छन ।

    राजनीतिक हलचल राम्रो कदमको लागि गरिने भएपनि अहिलेको हलचल सत्ताको लागि भएकाले देशमा अस्थिरता सिर्जना हुने उनको दाबी छ ।

    लुम्बिनी प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री पोखरेलले विशेष सम्बोधन गर्दै राष्ट्रिय राजनीतिकमा देखिएको हलचलबाट प्रदेश सरकार प्रभावित हुन नहुन जोड  दिए । सत्तामा रहेको गठबन्धन सत्तामा रहन मञ्जुर छैन भने छलफल गर्न सकिने तर सरकारलाई कमजोर बनाउने काम लोकतन्त्रको लागि प्रिय नभएको  पोखरेलले भनाई छ । माओवादी केन्द्र तर्फ संकेत गर्दै उँनले केन्द्रबाट प्रदेश सरकारलाई धक्का दिने काम गरेको बताए । 

    कम्युनिष्ट गठनबन्धन हुदै एउटै घोषणा पत्रमा भोट मागेको उनले स्मरण गराउँदै माथिको राजनीतिकमा हलचल हुँदा प्रदेशमा पनि हलचल ल्याँउनु पर्ने कारण के हो भन्दै प्रश्न गरे । संघीयता कार्यान्वयनको पहिलो चरणमा रहेको मुख्यमन्त्री पोखरेलले बताउँदै संघीयता कार्यान्वयनको लागि सत्ता र प्रतिपक्ष मिलेर जानु पर्नेमा जोड दिए ।  

    विशेष समयमा बोल्दै प्रदेश सांसद अष्टभुजा पाठकलले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम भ्रष्टाचारको अखडा बनेको आरोप लगाए  । यसको सत्य तथ्य छानविनको लागि आवश्यकता रहेकोमा जोड दिए ।

    यस्तै शून्य सयमा प्रदेश सांसद माला गोतामे , दिपा विक , दिपेश थारु बालेका थिए । विशेष समयमा सांसद अष्टभुजा पाठक , कल्पना पाण्डेय , निर्मला क्षेत्री ,  तुल्सी प्रसाद चौधरी , गिता थापा , ईन्द्र प्रसाद खरलले आ–आफ्नो धारणा राखेका थिए ।  यस्तै आजको प्रदेशसभाको बैठकमा सामाजिक विकास समितिका सभापति दृग नारायण पाण्डेयले सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्र स्थापना तथा सञ्चालन र सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सहितको विधेयक सभामा पेश गरे ।  

    यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र संचालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन सभामा पेश गरिन । माओबादी केन्द्रबाट  बनेका सामाजिक मन्त्री सुर्दशन बराल र कानून मन्त्री कूल प्रसाद केसी सभा अनुपस्थित थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology