Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्र अलमलमै

सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्र अलमलमै

  • 3.9K
    SHARES

  • सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्र अलमलमै

    बुटवल, चैत १९-  

    नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे अझै अनिर्णित बनेको छ ।

    बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    उनले सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँझिएपछि दुई पार्टी भइसकेको अवस्थामा ओली नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको बताए । यद्यपि केही प्राविधिक विषय बाँकी रहेकाले पत्रै पठाएर समर्थन फिर्ताको निर्णयमात्रै नगरेको उनको भनाइ छ । 

    उनले भने, ‘हाम्रो पार्टीको स्ट्यान्डबाई पोलिसी छ, यो सरकारलाई हाम्रो समर्थन छैन । टेक्निकल कारणले मात्रै चिठी लेखेका छैनौं । हामीले पार्टीको एकतापछि सरकार ७६[१] को सरकार भएको थियो ।

    ७६[१] को सरकारलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई नेकपालाई दुईटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन, हामीले पनि समर्थन गरेका पनि छैनौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology