Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

पश्चिम सिद्धनगर टोल विकास संस्थाको अध्यक्षमा बेलबासे निर्वाचित

पश्चिम सिद्धनगर टोल विकास संस्थाको अध्यक्षमा बेलबासे निर्वाचित

  • 3.5K
    SHARES

  • पश्चिम सिद्धनगर टोल विकास संस्थाको अध्यक्षमा बेलबासे निर्वाचित

    बुटवल,चैत्र १७।

    पश्चिम सिद्धनगर टोल विकास संस्था बुटवलको अध्यक्षमा माया बेलबासे निर्वाचित हुनुभएको छ । संस्थाको पाचौ साधारण सभा तथा तेस्रो अबिधेशनबाट बेलबासे निर्वाचित हुनुभएको हो ।

    जसको उपाध्यक्षमा जानुका अर्याला, सचिवमा रनमाया चापागाई, सह सचिवमा कृष्ण कोइराला र कोषाध्यक्षमा चन्द्रा पुन निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा डण्डपानी न्यौपाने उज्वरसिंह राना, शान्ती घिमिरे, विष्णु प्रसाद श्रेष्ठ, पवित्रा अर्याल र गिता सुवेदी निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य लोकराज शर्माले जानाकारी दिनुभयो ।

    अबिधेशन अघि नारायण प्रसाद शर्मा ग्रेहैको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि क्षेत्रीले समाजको विकासका लागि टोल विकास संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै टोलको सरसफाई, विकासमा लाग्न आग्रह गर्नुभयो ।

    उहाँले टोलहरुको अवस्था हेरी विकास निर्माणलाई आफुले प्राथमिकतामा राखेको बताउँदै योजना छनोट गर्दा बढि भन्दा बढि लाभाम्बित हुने गरी छनोट गर्न समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्य सुष्मा अर्याल, सल्लाहकार लोकराज शर्मा, औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, मनकामना आमा समुहकी कार्यबाहक अध्यक्ष देवी पौडेल काफ्ले, देवस्थल मन्दिर समितिकी सचिव पुष्पा शर्मा, तल्लो देविनगर आमा समहुकी अध्यक्ष शारदा घिमिरे, देवसिद्ध खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष भरत पाठक, दिपावली बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद न्यौपाने, निर्वाचन मण्डलका संयोजक जीवलाल बस्याल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम उपाध्यक्ष माया बेलबासेको स्वागत तथा सचिव हरि घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । साधारण सभामा कोषाध्यक्ष जानुका अर्यालले आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology