Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले,उपाध्यक्षमा उपाध्याय निर्वाचित

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले,उपाध्यक्षमा उपाध्याय निर्वाचित

  • 4.1K
    SHARES

  • संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले,उपाध्यक्षमा उपाध्याय  निर्वाचित

    बुटवल,चैत्र १४-

    संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन् । न्युज एजेन्सी नेपालकी कृष्णा पौडेललाई पराजित गर्दै सेतोपाटी डटकमका बगाले अध्यक्षमा निर्वाचित भएका हुन् ।

    नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा कुल १३६ सदस्यमा १३४ जनाले मत दिएका थिए । जसमा बगालेले ७९ र पौडेलले ५५ मत पाए ।
    खुला उपाध्यक्ष पुरुषतर्फ कान्तिपुर टेलिभिजनका डीपी उपाध्याय निर्वाचित भए । महिला उपाध्यक्षमा तुलसी सापकोटा निर्विरोध भइन् ।

    महासचिवमा विष्णु खड्का र सचिवमा जयसिंह महरा निर्वाचित भए । समावेशी सचिवमा दीपेश श्रेष्ठ निर्विरोध भए । कोषाध्यक्षमा सिर्जना घिमिरे निर्विरोध भइन् ।कार्यसमिति सदस्यहरुमा अंगराज न्यौपाने, किरण दाहाल, आकाश क्षेत्री, शम्भु दंगाल, समावेशी सदस्यमा सविता शर्मा र केशव भुल निर्विरोध भए ।

    फोटोका तर्फबाट कार्यसमिति सदस्यमा रोशन सापकोटा निर्विरोध भए । भिडियोबाट अमरदीप श्रेष्ठ निर्वाचित भए ।

    Samsadiya-Patrakar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology