Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नवलपरासीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

नवलपरासीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

  • 2.5K
    SHARES

  • नवलपरासीमा स्कुल बसको ठक्करबाट एक बालकको  मृत्यु

    बुटवल,चैत्र ११-

    पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-२ मा लोकसेवा माविको स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । 

    चोरमाराबाट हुप्सेकोट जाँदै गरेको मध्यविन्दु ९ बसन्तपुरको लोकसेवा माविको लु १ क ३९९९ नम्बरको बसले हुप्सेकोट २ दन्दरमा ठक्कर दिँदा हुप्सेकोट २ निवासी सुकमाया परियारको ३ बर्षीय छोरा कृष परियारको घटना स्थलमै निधन भएको हो । 

    चालक फरार रहेको र बस हुप्सेकोट प्रहरी चौकीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology