बुटवल,चैत्र ११-
लियो क्लब अफ बुटवल मणिमुकुन्दले म्युजिकल नाईट गर्ने भएको छ । अर्ना बियरको प्रस्तुतीमा चैत १३ गते शुक्रबार बोधि भिल्लामा म्युजिकल नाईट २ हुने भएको हो ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी भैरहेको क्लबsf अध्यक्ष कोमल थापाले बताईन । सामाजिक कार्यमा अग्रसर क्लब नया ढंगको कार्यक्रमहरुमा प्राथमिकता दिदै आएको बताईन्। अफसर अली एण्ड पियोनिट्ससंगै कविता एण्ड ग्रुपको डान्स र सुमन श्रेष्ठको उद्घाेषणमा कार्यक्रम हुने उनले जानकारी दिइन् ।
यसअघि पहिलो म्युजिक नाईटबाट समेत सामाजिक कार्यमा लगाएको क्लवले जनाएको छ । करीब ५ लाख ३० हजार रुपैया खर्च हुने कार्यक्रमलाई विभिन्न संघसंस्था तथा सहयोगदाताबाट जुटेको निवर्तमान अध्यक्ष फेज शाहले बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष मदन थापा,कार्यक्रम संयोजक शुसिला घिमिरे,यम माण्डे,राम सिँजाली थापाले क्लव निरन्तर सामाजिक कार्यमा अग्रसर रहेको बताएका थिए ।
संयोजक सुशिला घिमिरेले ३ सय टिकट बिक्रि हुने अनुमान रहेको बताईन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)