Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा माओवादी केन्द्र पाल्पाका नेता थापाको निधन,मन्त्रीले ओढाए पार्टीकाे झण्डा

नेकपा माओवादी केन्द्र पाल्पाका नेता थापाको निधन,मन्त्रीले ओढाए पार्टीकाे झण्डा

  • 5.3K
    SHARES

  • नेकपा माओवादी केन्द्र पाल्पाका नेता थापाको निधन,मन्त्रीले ओढाए पार्टीकाे झण्डा

    बुटवल,चैत्र १०- 

    नेकपा माओवादी केन्द्र पाल्पाका नेता गिरबहादुर थापाको मृत्यु भएको छ ।

    नेकपा [माओवादी केन्द्र] का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक थापाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको नेकपा माओवादी केन्द्रका सचिव राजेन्द्र विकले जानकारी दिए ।

    थापा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतापछि जिल्ला सचिवको जिम्मेवारीमा रहेका थिए । रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वर स्थायी ठेगाना भएका थापा केही वर्षयता तिनाउ गाउँपालिका–३, दोभानमा बस्दै आएका थिए ।

    उनी मधुमेहलगायत रोगबाट थलिएपछि केही समययता राजनीतिमा सक्रिय हुन सकेका थिएनन् । थापाका श्रीमतीसहित १३ र ९ वर्षका दुई छोरी छन् ।

    उनलाइ लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती,कानुन मन्त्री कुलबहादुर केसी र प्रदेश सांसद बसन्त घर्तीले पार्टीकाे झण्डा ओढाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology