Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्घाखाँचीमा बोलेरो जिप दुर्घटना : ३ जना घाइते,दुइको अबस्था गम्भीर

अर्घाखाँचीमा बोलेरो जिप दुर्घटना : ३ जना घाइते,दुइको अबस्था गम्भीर

  • 3.6K
    SHARES

  • अर्घाखाँचीमा बोलेरो जिप दुर्घटना  : ३  जना घाइते,दुइको अबस्था गम्भीर

    बुटवल,चैत्र ८-

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा आज विहान बोलेरो  जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अबस्था गम्भीर छ । 

    सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सन्धिखर्क आउदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

    ३ जना मध्ये गम्भीर अबस्थाका सन्धिखर्क ९ अर्घाका  ४२ बर्षिय चालक  ठग बहादुर घर्ती र ६६ बर्षिय सिता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।

    अर्का १८ बर्षिय विजय खत्रीको अस्था सामान्य रहेको छ । उनको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ ।

    जिपमा सबार यात्रु सुरज खनालका अनुसार साढे ३ बर्षको बच्चा सहित ६ जना जिपमा सवार थिए । जिपमा सबार ६ जना यात्रु मध्ये ३ जना गाडी दुर्घटना हुन थालेपछि  गाडीबाट फुंगालेर सुरक्षित अबस्थामा रहेका छन् ।  उनीहरुको अबस्था सामान्य छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology