Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

७ लाख ५० हजारको जावा पेराक मोटरसाईकल बुटवलमा लन्च

७ लाख ५० हजारको जावा पेराक मोटरसाईकल बुटवलमा लन्च

  • 7.1K
    SHARES

  • ७ लाख ५० हजारको जावा पेराक मोटरसाईकल बुटवलमा लन्च

    बुटवल,चैत ६ ।

    जावाको पेराक मोटरसाईकल बुटवलमा लन्च गरिएको छ । देशभरका शाे रुमहरुमा एकै पटक लन्च गरिएको छ । बुटवल कालिकानगरमा रहेको अमिरा ट्रेडिङ्ग प्रालि मा विक्रि शुभारम्भ गरिएको हो ।

    ड्रिमल्याण्ड गोल्ड रिर्जोटका अध्यक्ष तथा उद्यमी गोपाल राना,  सोनालिका ट्रेक्ट्रस भैरहवाका सञ्चालक दिनेश शर्मा, अमिराट्रेडिङ्गका सञ्चालक नरेश जिसीले  संयुक्त रुपमा सुरुवात गरे ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोपाल रानाले व्यवसायीक सफलताको शुभकामना दिदै  युवाहरुको नयाँ सोँचमा तयार भएको उक्त बाईको सफलताको समेत कामना  गरे  ।  

    जावा पेराकको ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि जावा बाइकको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा पेराक बाइक भित्र्याएको हो ।

    अमिरा ट्रेडीङ्ग प्रालिका मेनेजर नमिता अधिकारीले विक्रि पछिको सेवा सुविधाका साथै  सर्भिस सेन्टर पनिरहेको कारण यसमा कुनै पनि द्वविधा नभएको बताईन् ।जाभा पेराक एक बबर स्टाइल बाइक हो ।

    नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

    यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । नेपाली बजारमा पहिले देखि नै दुई मोडलका बाइक जावा क्लासिक र जावा फोर्टी टु उपलब्ध छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology