Logo बिहिवार, आश्विन १ गते २०८३
images

कावासोतीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु 

कावासोतीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु 

  • 2.2K
    SHARES

  • कावासोतीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु 


    रासस/नवलपरासी,चैत ६-

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा गतराति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ।

    खरकट्टा जंगलमा भएको स्कुटर दुर्घटनामा परी कावासोती नगरपालिका–२ का  ३५ वर्षीय जीवन रानाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

    जंगलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको थियो। 

    अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस लगिएका रानालाई कलेजले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए। दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology