Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पुनर्स्थापित संसदलाई फेरि पनि मार्ने षडयन्त्र गरियाे : रामचन्द्र पौडेल

पुनर्स्थापित संसदलाई फेरि पनि मार्ने षडयन्त्र गरियाे : रामचन्द्र पौडेल

  • 4.3K
    SHARES

  • पुनर्स्थापित संसदलाई फेरि पनि मार्ने षडयन्त्र गरियाे :  रामचन्द्र पौडेल

    दाङ,चैत ६ । 

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको बताउनु भएको छ । 

    बिहीबार दाङको तुलसीपुरमा प्रजातन्त्रका सेनानी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य लोकमणि गिरीको १३ औं दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले दुई दिन अगाडि मात्रै शितल निवासमा प्रधानमन्त्रीले राष्ट्रपति भवनमा ठाडै संसद चलेन भनेको कुरालाई राष्ट्रपतिले सपोर्ट गर्नुलाई षडयन्त्रको संज्ञा दिनु भएको हो । ramchandra.jpg

    प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको भन्दै उहाँले विघटनबाट सदन बचे पनि अब विकृतिबाट सदन जोगाउन जरूरी रहेको बताउनु भयो । 
    सत्ताभन्दा व्यवस्था ठूलो भएको भन्दै उहाँले अहिले व्यवस्था बचाउनु ठूलो सवाल भएको बताउनु भयो । 

    उहाँले पार्टीकै साथीहरूले किन विवाद गर्ने, किन बाहिर बोल्ने भन्ने ढंगले कुरा गर्नु उचित नभएको धारणा राख्नु भयो । आँखा चिम्लेर व्यक्ति पूजा नगर्न पनि उहाँले आग्रह गर्नु भयो । 

    कम्युनिष्टहरूले आत्मालोचना गर्दै गल्ती दोर्होयाउने गरेको र कांग्रेसले गल्ती गरेपछि ढाकछोप गर्दै फेरि गल्ती गर्ने गरेको हुँदा ढाकछोपबाट पार्टी बलियो नहुने स्पष्ट पार्नु भयो । 

    नेपाली समाजलाई लोकतान्त्रीकरण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएको भन्दै उहाँले त्यसका लागि सबभन्दा पहिले नेपाली कांग्रेस आफैंभित्र लोकतान्त्रीकरण हुन जरूरी रहेको बताउनु भयो । 

    आज देशलाई लोकतान्त्रिक कांग्रेस चाहिएको भएपनि कांग्रेस अन्यौलमा रहेकोले नेपालको राजनीति पनि अन्यौलतिर गएको बरिष्ठ नेता पौडेलले बताउनु भयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology