Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बाघको आक्रमणले याे वर्ष १० जनाले ज्यान गुमाए,पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रमा लियाे

बाघको आक्रमणले याे वर्ष १० जनाले ज्यान गुमाए,पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रमा लियाे

  • 2.9K
    SHARES

  • बाघको आक्रमणले याे वर्ष  १० जनाले ज्यान गुमाए,पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रमा लियाे

    बुटवल,चैत्र ६ ।

    बर्दियामा मान्छे खान पल्किएको नरभक्षी पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रमा लिएको छ ।  निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट गरेर बाघ नियन्त्रणमा लिईएको हो ।  

    बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने पाटेबाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।उनका अनुसार यही बाघले नै सात जना मानिसलाई खाएको हुन सक्ने अनुमान छ ।

    मान्छे खान पल्किएको पाटे बाघलाई बर्दिया निकुञ्जको प्राविधिक टोलीले गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएपछि निकुञ्ज मुख्यालय ठाकुरद्वारा पुर्याईएको छ । नियन्त्रणमा लिइएको बूढो भाले बाघको शरिरमा केहि चोट देखिएको छ । उसको खुट्टामा चोट तथा केही दाँत झरेको देखिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । 

    मङ्गलबार मात्रै एक जना महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । केही महिनादेखि पाटेबाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो ।

    यसैबीच पाटेबाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही महिनादेखि पाटेबाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भइरहेका पर्यटकीय गतिविधिमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो ।पाटेबाघको आक्रमणबाट मङ्गलबार एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology