Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक जटिलताको निकास काँग्रेसले नै खोज्नुपर्छ : सुजाता कोइराला

राजनीतिक जटिलताको निकास काँग्रेसले नै खोज्नुपर्छ : सुजाता कोइराला

  • 3.8K
    SHARES

  • राजनीतिक जटिलताको निकास काँग्रेसले नै खोज्नुपर्छ : सुजाता कोइराला

    बुटवल,चैत ५- 

    नेपाली काग्रेसकी नेतृ  सुजाता कोइरालाले कम्युनिष्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको कंँधमा आएको बताएकी छन ।

    काँग्रेसका पूर्व सभापती तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा बिहिबार बुटवलमा आयोजित बिचार गोष्ठिमा बोल्दै उनलेमुलुकले भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली काँग्रेसले नै खोज्नु पर्ने बताएकी हुन ।

    काँग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएको भन्दै उनले सहमती सहकार्य र एकताबाटै मुलुकलाइ सहि दिशा दिन काँग्रेसले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताइन ।

    gp koirala foundation.jpgकम्युनिष्ट पार्टीहरुमा सहमती, सहकार्य र एकताबाट मुलुकलाइ अगाडी बढाउने एजेण्डा र नेता नै नभएको भन्दै उनले कम्युनिष्टहरुको सर्बसत्ताबाद र अधिनायकबादका बिरुद्ध काँग्रेस भित्र पनि सहमती र एकता आवश्यक रहेको उनले बताइन । मुलुकलाइ सहि दिशा दिन अन्तराष्ट्रिय शक्तिहरुको पछि नलागी उनीहरुलाइ आफनो बाटोमा हिँडाउन राजनीतिक दलहरु सक्षम हुनुपर्ने नेता कोइरालाले बताइन ।

    ‘स्वर्गीय गिरीजाप्रसाद कोइरालालाइ पनि विदेशी शक्तिहरुले सुझाव दिन खोज्थे तर उहाँले हामीले लिएका नीति यो अर्थमा मुलुकको हितमा छन भनेर विदेशीलाइ पनि कन्भिन्स गर्नुहुन्थ्यो जसका कारण बाहय शक्तिले हस्तक्षेपकारी भुमिका खेल्न सक्दैनथे’पुर्व परराष्ट्रमन्त्री समेत रहेकी नेता कोइरालाले भनिन् ।

    स्वर्गीय गिरीजाप्रसादले आजीवन प्रजातन्त्र,शन्ति र विकासकालागि लडेको स्मरण गर्दै उनले मुलुकको हितकालागि गिरीजाबाबु जस्तै निडर र दुरदृष्टि राखेर अगाडी बढ्न नेतृत्वलाइ आग्रह गरिन् ।

    पार्टीलाइ जितको दिशामा लैजान सबै लागाैँ :

    व्यक्तिवादी चरित्र हावी हुँदा नेपाली काँग्रेस कमजोर बनेको भन्दै उनले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाइ जितको दिशामा लैजान स्थानीय नेता कार्यकर्तालाइ उनको आग्रह  छ ।

    जि.पी.कोइराला फाउण्डेशन रुपन्देहीको आयोजनामा भएको बिचार गोष्ठिमा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,पुर्व सभापती रामचन्द्र ढकाल, महासमिति सदस्य युवराज गिरी,प्रदेश सांसद रमा अर्याल,पुष्पा चौधरी, बुटवल नगरसभापती खेलराज पाण्डे,फाउण्डेशनका केन्द्रिय सदस्य सुरेशराज चालिसे,अजय राइ,दुर्गा आर्चाय,फाउण्डेशनका रुपन्देही संयोजक चिरञ्जिवी पौडेल,सल्लाहकार चित्र केसी,सदस्य जेवि गुरुङ, काँग्रेस बुटवल नगर सचिव ज्योती भण्डारी लगायतले बोल्दै  स्वर्गीय कौइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन, शान्ति स्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनाकालागि खेलेको भुमिकाको उच्च कदर गर्दै उहाँले देखाएको बाटोमा काँग्रेस निरन्तर लाग्नु पर्नेमा जोड दिए ।

    koirala.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology