बुटवल,चैत ४-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशका लागि अवको निकास भनेको निर्वाचन भएको बताउनुभएको छ ।
नेपाल पे्रस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देशलाई जटिल परिस्थीतिबाट निकास दिनका लागि निर्वाचन गराउनुपर्ने बताउनुभएको हो ।
नेता कोइरालाले अवको निकासका लागि निर्वाचनको विकल्प अरु नभएको बताउनुभएको हो । यसअघि सरकारले घोषणा गरेको निर्वाचन संविधान विपरित भएकाले कांग्रेसले विरोध गर्नुपरेको बताउनुभएको थियो ।
‘देशलाई अप्ठेरो परिस्थीतिबाट निकास दिनका लागि अवको बिकल्प भनेको निर्वाचन भएको पनि केन्द्रीय सदस्य कोइरालाले जिकिर गर्नुभयो ।उँहाले निर्वाचन बहुमतको सरकारले गर्न नमिल्ने भएकाले दलहरु मिलेर अल्पमतको सरकार गठन गनुपर्ने समेत बताउनुभयो । नेता कोइरालाले निर्वाचनका लागि मंसिर वा चैत उपयुक्त समय हुने बताउनुभयो ।
निर्वाचनका लागि चुनावी सरकारको नेतृत्व कांग्रेसले नै गर्न उपयुक्त हुने भन्दै त्यसका लागि कांग्रेसले पार्टीको महाधिवेशनको मितिलाई ध्यान राख्नुपर्ने समेत बताउनुभयो । ‘नेपालको परिस्थीतिमा कम्युनिष्टले निर्वाचन गराएको घट्नाहरु नभएको भन्दै कांग्रेसले पार्टीको महाधिवेशनलाई ध्यानमा राखेर निर्वाचनको मिति तय गर्नुपर्ने बताउनुभयो ।
उँहाले कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउनका लागि कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यक रहेको बताउनुभयो । आउने महाधिवेशनबाट कार्यकर्ताहरुलाई गुटको भन्दा पार्टीको नेता छान्न समेत उँहाले आग्रह गर्नुभएको छ । कांग्रेस जनताबाट टाढा हुँदा पार्टी कमजोर बन्न पुगेको भन्दै नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई जनतासँगको दुरी कम गर्न आग्रह गर्नुभएको हो ।
त्यसका लागि उँहाले जनताका हरेक दु।ख र सुखमा साथ दिन समेत आग्रह गर्नुभएको छ । त्यसैगरी नेता कोइरालाले जनतालाई कांग्रेसको पक्षमा ल्याउनका लागि शिक्षा र स्वास्थ्य निशुल्क बनाउने नीति बनाएर कांग्रेस अघि बढ्नुपर्ने समेत बताउनुभएको छ । आफु सभापति बाहेक अन्य पदमा नजाने पनि नेता कोइरालाले प्रष्ट पार्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)