बुटवल,चैत ३-
१/९गोरखा राइफल भूपू सैनिकहरुले विश्व युद्धमा साहशीपुर्बक लडेर मृत्युबरण गरेका सेनाको नाममा कसिनो दिवस मनाएका छन । रुपन्देही, नबलपरासी र कपिलबस्तु लगायतका जिल्लामा रहेका भूपूहरुले बुटवलमा एक कार्यक्रमका बिच दिवस मनाएका हुन् ।
भारत र जर्मन सेनाबिच इटालीको कसिनो सहरमा भएको लडाईमा बिरगती प्राप्त गरेका तनहुँका शेरबहादुर थापालाइ भारत सरकारले सर्बोच्च बिरता पदक भिक्टोरीयाक्रस प्रदान गरेको थियो । नेपालीको नाम चिनाउन सफल थापाको सम्झनामा भुपु सैनिकहरुले भिक्टोरिया क्रस दिवस मनाएका हुन ।
सन् १९४४ मा गोरखा सैनिक र जर्मनी सेना बीचमा भएको लडाईमा गोरखा सैनिकका रा मे शेर बहादुर थापालाई बिरता पदक भिक्टोरिया क्रासले सम्मान गरिएको थियो ।
यो पदक सैनिकले पाउने पदकमध्य मुख्य पदकको रुपमा चिनीन्छ । सोहि दिनको सम्झनामा प्रत्येक वर्ष मार्चका दिन कसिनो दिवस पर्वको रुपमा १/९ गोरखा राइफल भुपू सैनिकले मनाउदै आईरहेका छन् ।
दिवसको अवस पारेर भुपु सैनिकका छाेराछाेरीहरुलाई एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी हरुलाई सम्मान गरीएको क्याप्टेन कृष्णबहादुर अधिकारीले बताए ।
सन् १९६२,१९६५,१९७१ मा हिस्सा लिएका भुपु सैनिकलाई मंगलबार सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै क्याप्टेन चित्र बहादुर बुढाथोकीले भुपुहरु सामाजिक कार्यमा लागिपरेको बताए । क्यापटेन कृष्णबहादुर अधिकारीले भुपु गोरखाका कारण नेपालीको बिश्वमा पहीचान बनाएको बताए ।
लिल बहादुर थापा, गुप्त बहादुर खत्री,क्याप्टेन इन्द्र बहादुर खड्का लगायतले बोल्दै भुपु सैनिकले देखाएको बिरताले नेपालको पहीचान उच्च राखेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)