Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिपतिको आह्वानमा आज दिउँसो ४ बजे शीतल निवासमा सर्वदलीय बैठक

राष्ट्रिपतिको आह्वानमा आज दिउँसो ४ बजे शीतल निवासमा सर्वदलीय बैठक

  • 3.9K
    SHARES

  • राष्ट्रिपतिको आह्वानमा आज दिउँसो ४ बजे शीतल निवासमा सर्वदलीय बैठक

    बुटवल,चैत ३-

    राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आयोजना गर्ने भएकी छन् । शीतल निवासमा मंगलबार सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएको छ ।

    सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको स्रोत बताउँछ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

    सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दै आएको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आयोजना गर्न लागेकी हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology