Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

सिरहा बम बिस्फोट : जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लियाे जिम्मा

सिरहा बम बिस्फोट : जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लियाे जिम्मा

  • 3.3K
    SHARES

  • सिरहा बम बिस्फोट :  जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लियाे जिम्मा

    बुटवल, चैत १-

    सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।  

    कार्यालयको माथिल्लो तलामा भएको विस्फोटमा परेर घाइते भएका सेवाग्राही धनगढीमाई नगरपालिका ४ का ३८ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको हो ।

    भण्डारीलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।  विस्फोटमा मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका १३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका ६ का लक्ष्मी राना, बेचनी मगर घाइते भएका छन् ।

    यस्तै सिरहा नगरपालिका १६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव र धनगढीमाई नगरपालिका ४ का दिनेश भण्डारी गरी आठ जना घाइते भएका सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो ।

    गम्भीर घाइते भएका मगर र यादवसहित सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  यसैबीच बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

    केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर सिरहामा भ्रष्टाचार भइरहेकाले बम विस्फोट गराएको बताएका छन् । गोइत समूहका दोस्रो तहका नेता रामविलास यादवले आइतवार बिहानै प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology